प्रेषकले चिठीपत्र हुलाकमा दर्ता गरेवापत् लाग्ने राजस्व तिरेको पुष्टी गर्ने साधनका रूपमा सरकारी छाप भएको विशेष प्रकारको कागजको टुक्रालाई हुलाक टिकट भनिन्छ। विभिन्न सरकारी सेवाहरु प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा प्रचलित कानुनले तोके बमोजिम मूल्यको हुलाक टिकट टाँस गर्नु पर्ने व्यवस्था रहेको छ। हुलाक टिकट हुलाक सेवा विभागबाट जारी हुन्छ।यस कार्यालय तथा अन्तर्गतका हुलाक कार्यालयहरूबाट विभिन्न दरका हुलाक टिकटहरू विक्री वितरण गरिन्छ।