1. प्रशासन तथा जिन्सी शाखा

  • टिकट प्राप्ती र भण्डारण गर्ने।
  • डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने।
  • पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने।
  • जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने।
  • समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने।
  • अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रवन्ध गर्ने।
  • हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने।
  • विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने।
  • पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने।
  • समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने।
  • हुलाक सेवा संचालन सम्बन्धमा विभागमा सुझाव पेस गर्ने।
  • महानगर र उपमहानगरपालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक वस्तु दर्ता काउन्टर विभागको सहमती लिई सञ्चालन गर्ने।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने।
  • हुलाकीहरुलाई काममा खटाउने, खटाइएको ठाउँमा तोकिए बमोजिम कार्य भए नभएको अनुगमन गर्ने।
  • हल्काराहरुलाई समयमा हुलाक वस्तु बुझी वितरण गर्न लगाउने।
  • समयमा कार्य सम्पन्न गरे नगरेको अनुगमन निरिक्षण गरी तोकिएको समय भित्र कार्य सम्पन्न भएको नदेखिएमा कारवाही प्रक्रिया अगाडी बढाउने।
  • कार्यालयम आएका उजुरी गुनासो माथि अनुसन्धान गर्ने, फछ्यौट गर्ने र निर्णय प्रक्रियामा जानु पर्ने अवस्थामा निर्देशक समक्ष पेस गर्ने।
  • कुल खर्चको ३ प्रतिसत भन्दा वढी बेरुजु हुन नदिने र भएको बेरुजु ८० प्रतिशत फछ्यौट गराउने।
  • पदिय दायित्व अनुसारका कर्मचारीहरु‌को हाजिरी बिदाको अभिलेख राख्ने।
  • कार्यालय परिसर सरसफाई गर्न लगाउने।
  • दर्ता, चलानी, फाइलिङ्गलाई चुस्त दुरुस्त बनाउने।
  • सरुवा, बढुवा नियुक्तिका टिप्पणी उठाउने सदर गराउने।
  • मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने।
  • नियमानुसार रोयल्टी र नविकरण दस्तुर लिने।
  • तोकिएबमोजिम अन्य कार्यहरु गर्ने।

२. डाँक तथा टिकट शाखा

  • हुलाक वस्तु दर्ता गर्ने।
  • हुलाक वस्तु वितरण गर्ने।
  • टिकट बिक्री गर्ने।
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने।
  • हुलाक बस्तुको संकलन, दुवानी र वितरण कार्यलाई प्रभावकारी बनाउने र टिकट विकि कार्यलाई सेवाग्राही मैत्री बनाउने।
  • आन्तरिक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने।
  • हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रुपमा PITS प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने, यसको लागि नियमित रुपमा अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने।
  • आन्तरिक तथा वैदेशिक डाँकहरुको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने।
  • तोकिएवमोजिम अन्य कार्यहरु गर्ने।

3. आर्थिक प्रशासन शाखा

  • चालु तथा पुँजीगत बजेट निकासा लिने।
  • निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने।
  • कार्यालयको आर्थिक विवरण तयार गरी पेस गर्ने।
  • थप रकमको आवश्यक परेमा समयभित्रै निकाशा लिने व्यवस्था मिलाउने।
  • कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासनसम्बन्धी राय सल्लाह दिने।
  • प्रचलित कानून अनुसार विनियोजन, धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने, राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धित निकायमा पठाउने।
  • कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा, सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने।
  • कार्यालयको मासिक आम्दानी खर्चको विवरण तयार गरी सार्वजनिक गर्ने।
  • आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तीम लेखा परीक्षण गराउने।
  • आन्तरिक लेखा परीक्षण तथा अन्तीम लेखापरीक्षणवाट औल्याइएका बेरुजुको लगत खडा/अद्यावधिक गर्ने र फर्छ्यौटको लागि लेखि पठाउने।
  • कर्मचारीहरुको तलवी प्रतिवेदन पास गराउने।
  • आर्थिक प्रशासन सम्बन्धी तोकिदिएका अन्य कार्य गर्ने।

4. स्थानीय तहमा रहने हुलाक कार्यालयको काम, कर्तव्य र अधिकार

  • हुलाक वस्तु दर्ता गर्ने।
  • हुलाक वस्तु वितरण गर्ने।
  • टिकट विकी गर्ने।
  • डाँक सञ्चालन गर्ने।
  • सीमाना जोडिएका पालिका हुलाक कार्यालयहरुले सीमानामा रहेका पालिका हुलाक कार्यालयबाट डाँकको आदानप्रदान गर्दा अभिलेख राखी छिटो हुने गरी एक आपसमा आदानप्रदान गर्ने व्यवस्था मिलाउने (अर्को जिल्लाको पालिका हुलाक कार्यालयसँग समेत) तथा सोको अभिलेख जिल्ला हुलाक कार्यालयमा पठाउने।
  • कार्यालयमा भए गरेको कामको नियमित प्रतिवेदन गर्ने।
  • समय समयमा जिल्ला हुलाक कार्यालयको निर्देशन बमोजिमका कामहरु गर्ने।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने।
  • सरोकारवाला निकायहरुसँग समन्वय र सहजीकरण गर्ने।
  • हुलाक सेवा सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरु गर्ने।
  • हुलाक बधिकृतले लाए अहाएबमोजिम अन्य कार्य गर्ने।

5. हुलाक काउण्टरको काम, कर्तव्य र अधिकार

  • हुलाक वस्तु दर्ता गर्ने।
  • टिकट बिक्री गर्ने।
  • आवश्यकता अनुसार हुलाक वस्तु वितरण गर्ने।
  • जिल्ला हुलाक कार्यालय /पालिका हुलाक कार्यालयका प्रमुखले तोके बमोजिमको अन्य कार्य गर्ने।