नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भएपश्चात् हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ।हालको अबस्थामा नेपाल सरकारले हुलाक सेवालाई सरकारी सेवाको अत्यावश्यक सेवा अन्तर्गत रहने गरी वर्गिकरण गरेको छ। नेपाल सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालय मातहतको हुलाक सेवा विभाग अन्तर्गत जिल्ला हुलाक कार्यालय धादिङको स्थापना भएको हो। जिल्ला हुलाक कार्यालय धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको छ। यस कार्यालयअन्तर्गत हाल १२ स्थानीय तहमा रहने हुलाक कार्यालयहरु र ३0 अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा छन।

जिल्ला हुलाक कार्यालयको काम, कर्तव्य र अधिकार

  • हुलाक वस्तु दर्ता गर्ने।
  • हुलाक वस्तु वितरण गर्ने।
  • टिकट प्राप्ती, भण्डारण र बिक्री गर्ने।
  • डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने।
  • पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने।
  • जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने।
  • समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने।
  • अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने।
  • हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने।
  • विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने।
  • पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने।
  • समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने।
  • हुलाक सेवा सञ्चालन सम्वन्धमा विभागमा सुझाव पेस गर्ने।
  • विभागको स्वीकृती लिइ महानगर र उपमहानगरपालिका क्षेत्रमा कामको आवश्यकता अनुसार हुलाक बस्तु दर्ता काउन्टर सञ्चालन गर्ने।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने।
  • विनियोजित बजेट र प्राप्त अख्तियारी बमोजिम ऐन नियमको दायरा मित्र रही खर्च लेखे।
  • प्रशासन शाखा, डाँक, अनुगमन तथा व्यवस्थापन शाखामा तोकिएका शाखा प्रमुखहरुलाई कार्य विवरण दिने,
  • पालिका हुलाक कार्यालयहरुको अनुगमन निरिक्षण गरी प्रतिवेदन गर्ने।
  • अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने, सुधारको लागि विभागमा लेखि पठाउने।
  • पालिका हुलाकको कार्यालय प्रमुखहरुको हाजिरी, बिदा, दण्ड, पुरस्कारको विवरण माग गरी गर्न लगाइ अभिलेख राख लगाउने।
  • हुलाक वस्तु ढुवानीको लागि जिल्ला मातहत रहेका हुलाक कार्यालयसम्म डाँक परिवहन व्यवस्था मिलाउने।
  • सर्टिङ्ग सूची राम्रोसँग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक बस्तुको ठिक समयमा सङ्कलन भएको छ छैन आदि कुराहरुको सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउने।
  • हुलाक बस्तुको संकलन, डुबानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो, छरितो र प्रभावकारी रुपमा गर्न लगाई नियमानुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्न लगाउने।
  • आन्तरिक इ.एम.एस. सेवालाई प्रभावकारी रुपमा सन्चालन गर्ने।
  • PITS को नियमित अनुगमन/सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने।
  • हुलाक टिकट विक्री व्यवस्था मिलाउने र विकि पश्चातको राजश्व दाखिला गर्न लगाउने।
  • वैदेशिक हुलाक बस्तु (इ.एम.एस./पार्सल) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धी कर, अन्तशुल्क लगायतका करहरु संकलन गरी राजश्व खातामा दाखिला गर्ने।
  • कर्मचारीको हाजिरी, बिदा, पदपूर्ति तथा रिक्त पदहरुको विवरण अद्यावधिक गर्ने, रा.प.अनं पदहरुको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने।
  • नीतिगत, सैद्धान्तिक एवं असुरउपर गर्ने वेरुजुहरु छलफल गरी फरफारक गर्ने गराउने।
  • लेखाको तोकिएबमोजिमको ढाँचामा समयसीमा भित्र वित्तिय विवरणहरु तयार गर्ने गराउने।
  • पत्रपत्रिका हुलाक दर्ताका लागि आए दर्ता एवं नविकरण गर्ने, लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने एफ. एम. रेडियो, टेलिभिजन र वर्गीकरणमा परेका पत्रिकाको विवरण संकलन अनुगमन र नियमानुसार भुक्तानीको लागि प्राप्त रकम वितरण गर्ने।
  • पोष्टबक्स वितरण, नविकरण एवं सञ्चालन गर्ने।
  • हुलाक ऐन, २०१९, हुलाक नियमावली, २०२० मा भएको दण्ड सजायँ सम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजाय गर्ने।