प्रचलित कानुनले प्रतिवन्ध नगरेका बस्तुहरुलाई हुलाक कार्यालयमार्फत देश तथा विदेशका विभिन्न स्थानहरुमा पठाउन र ति देशहरुबाट पठाईएको पुलिन्दा यस कार्यालयमा पाउन सकिन्छ। बढीमा २० किलोग्रामसम्मको हुलाक वस्तुलाई एउटा पुलिन्दाको रुपमा दर्ता गरी शुलभ मूल्यमा पठाउन सकिन्छ। हाल नेपालबाट विश्वका ३७ देशहरुमा पुलिन्दा पठाउन सकिन्छ भने ति देशहरुबाट नेपालमा पठाईएको पुलिन्दा वितरण पनि गरिन्छ।