प्रचलित कानुनले तोके बमोजिमका विभिन्न हुलाक बस्तुहरु कार्यालयमा प्राप्त गर्ने र अन्य सम्वन्धित कार्यालयहरुमा पठाउने सेवा नै डाँक सेवा हो। हुलाक कार्यालयमा दर्ता हुन आएका विभिन्न हुलाक वस्तुहरु सम्वन्धित व्यक्तिको हातसम्म पुर्याउनका लागि हुलाक सेवा विभाग अन्तर्गतका कार्यालयहरुबीच एक आपसमा हुलाक बस्तुहरु आदान प्रदान गर्ने गरिन्छ।
जिल्ला हुलाक कार्यालय धादिङको अन्तरजिल्ला डाँक ढुवानी र पृथ्वी राजमार्ग क्षेत्रमा रहेका हुलाक कार्यालयहरुको डाँक ढुवानी सरकारी सवारी साधनबाट हुने गर्दछ भने जिल्ला अन्य भुभागमा जाने र ति भुभागबाट आउने डाँकहरु हुलाकका कर्मचारीहरुबाटै आदान प्रदान हुने गर्दछ।